अन्तर्राष्ट्रिय

एएफसी २३ वर्षमुनीको एसियन कप छनोटमा आज नेपाल र लेबनान खेल्दै ।



काठमाण्डौ, १४ कार्तिक । एएफसी २३ वर्षमुनीको एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज लेबनानसँग खेल्दैछ ।

नेपाल र लेबनानबीचको खेल ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल मैदानमा दिउँसो पौने ५ बजे सुरु हुनेछ । नेपाल र लेबनान यसअघिका दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् । छनोटको समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० र दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो ।

अङ्कविहीन नेपाल अङ्कतालिकामा पुछारमा छ । ताजिकिस्तान शीर्ष स्थानमा छ । समूहको शीर्ष टोलीले एएफसी २३ वर्षमुनीको एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि २३ वर्षमुनीको एसियन कपमा छनोट हुनेछन् ।

प्रकाशित : १४ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६