अन्तर्राष्ट्रिय

टी – २० विश्वकपमा भारतको पहिलो जितपछि अंकको खाता खुल्यो ।



काठमाडौं, १८ कार्तिक । आईसीसी टी- २० विश्वकपमा भारतले पहिलो जित हात पारेको छ । युएईमा भइरहेको विश्वकप अन्तर्गत बुधबार भएको सुपर १२ को खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले हरायो । जितपछि भारत तीन खेलबाट दुई अंक जोड्दै चौथो स्थानमा उक्लेको छ । यसअघि पाकिस्तान र न्युजिल्याण्डसँग पराजित भएको भारतले पहिलो जितपछि अंकको खाता खोलेको हो । पहिलो जितपछि भारतले सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ । चार खेलमा दोस्रो हार बेहोरेको अफगानिस्तान चार अंकसहित तेस्रो स्थानमा छ । अफगानिस्तानले अब न्युजिल्याण्डसँग खेल्न बाँकी छ ।

भारतले दिएको २११ रनको उच्च लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनायो । अफगानिस्तानका लागि करिम जन्नतले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । उनले २२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान मोहम्मद नावीले ३५ रन जोडे ।

भारतका मोहम्मद शामीले तीन, रवीचन्द्रन आश्विनले दुई तथा जसप्रित बुमराह र रवीन्द्र जडेजाले एक(एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले रोहित शर्मा र केएल राहुलको अर्धशतक मद्दतमा दुई विकेट गुमाएर २१० रन बनाएको थियो । पहिलो विकेटका लागि रोहित र राहुलले १४० रनको साझेदारी गरेका थिए ।

रोहितले ४७ बल खेल्दै ८ चौका र ३ छक्का मद्दतमा ७४ रन बनाए । यस्तै राहुलले ४८ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा ६९ रन बनाए । यस्तै हार्किक पाण्ड्य र ऋषभ पन्तले पनि आक्रमक ब्याटिङ गर्द अविजित ६३ रनको साझेदारी गरे । हार्दिकले अविजित ३५ र पन्तले अविजित २७ रन बनाए । दुवैले समान १३ बल खेलेका थिए । हार्दिकले चार चौका र दुई छक्का प्रहार गरे । पन्तले एक चौका र तीन छक्का प्रहार गरे । अफगानिस्तानका करिम जन्नत र गुल्बादिन नइबले एक(एक विकेट लिए ।

प्रकाशित : १८ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६