बुटवल २८ कार्तिक । नेकपा एमालेको दशौ महाधिवेशनका प्रतिनिधीहरु छनौट गर्दा आरक्षीत कोटा बाहेक महिलाहरुले उम्मेदवारी दिने हिम्मत नगरेका कारण सक्रिय राजनितीमा रहेका महिलाहरु समेत प्रतिनिधी हुनबाट बञ्चित भएका छन्।प्रतिनिधी छनौटका लागि मनोनयन गर्दा नै सबै महिला नेतृहरुले महिलाका लागि छुट्याएको आरक्षीत कोटामा मात्रै उम्मेदवारी दिएपछि पार्टीमा काम गरेका तर पहुच स्थापीत गर्न नसकेका महिलाहरु पछाडी पर्नु परेको गुनासो गरेका छन्।
रुपन्देही जिल्लाका सबै निर्वाचन क्षेत्रमा खुल्ला प्रतिनिधीत्वका लागि कुनैपनि महिलाले उम्मेदवारी नदिएको एमालेले जनाएको छ।वहाहरुले उम्मेदवारी लिएर आउदा नै महिला कोटामा भनेर ल्याउनु भएको थियो। हामीले खुल्लामा राखीदिन मिलेन एक एमाले नेताले भने।महिलाहरुले महिला कोटामा मात्रै सिमीत भएपछि खुल्ला कोटा पुरुषहरुका लागि मात्रै छुटयाईएको जस्तो देखिएको छ ति नेताले भने।
यो अवस्था रुपन्देहीमा मात्रै होईन लुम्विनी प्रदेशका कुनैपनि जिल्लामा महिला नेतृहरुले खुल्ला प्रतिनिधीत्वको लागि उम्मेदवारी नदिएको एमाले लुम्विनी प्रदेश कार्यालय श्रोतले बतायो।एमाले प्रदेश कमिटी अध्यक्ष लिला गिरीले एकाध बाहेक कुनै पनि निर्वाचन क्षेत्रमा महिला नेतृहरुले खुल्ला तर्फबाट महाधिवेशन प्रतिनिधी बन्नका लागि उम्मेदवारी नदिएको बताए। एकाध ठाउमा महिला कमरेडहरुले उम्मेदवारी दिएको सूचना पाएको छु तर ठ्याक्कै कहा हो भन्ने मलाई जानकारी भएन उनले भने।
लुम्विनी प्रदेशमा २ सय सात जना प्रतिनिधीले महाधिवेशनमा प्रतिनिधीत्व गर्ने एमाले लुम्विनी प्रदेश कमिटी सचिव भुमिश्वर ढकालले बताए।छानिएका सबै महिला प्रतिनिधी महिलाको आरक्षीत कोटामा मात्रै प्रतिनिधी छानिएका हुन्। कतिपय जिल्लामा प्रतिनिधी बन्नका लागि महिला कोटामै उम्मेदवारी मनोनयन गरेका प्रदेशसभा सदस्य नै पराजीत भएका छन्।
रुपन्देहीबाट जिफन्ट राष्टिय कमिटी उपाध्यक्ष एवं बुटवल उपमहानगर पालिका उपप्रमुख गोमा देवि आचार्य तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरी देवि चौधरी, देवदह नगरपालिकाकी उप प्रमुख बिद्यालक्ष्मी गुरुङ, लुम्विनी प्रदेश कमिटी सदस्य सावित्रा अर्याल जस्ता पार्टीमा निरन्तर खटेका महिलाहरु समेत आरक्षीत कोटाबाट प्रतिनिधत्व गर्नेमा परेका छन्।आफु आरक्षण कोटाबाट प्रतिनिधत्व गर्न नचाहेको भएपनि पार्टीका नेताहरुको आग्रहमा महिलाका लागि छुट्याईएको कोटामा प्रतिनिधि बन्न बाध्य भएको महाधिवेशन प्रतिनिधी सावित्रा अर्यालले बताईन्।
खुल्लातर्फ पुरुषहरुको संख्या बढि हुने र निर्वाचनमा पछारीने डरले नाम चलेका महिला नेतृहरु समेत आरक्षण रोजेर सुरक्षीत हुन चाहेको एमाले कार्यकर्ताहरु बताउछन्।रुपन्देहीबाट प्रदेशसभा सदस्यहरु समेत महिलाको लागि आरक्षीत कोटाबाटै उम्मेदवार बनेका थिए।मतदान प्रक्रियाबाटै छानिएका देवदह नगरपालिका उपप्रमुख बिद्यालक्ष्मी गुरुङ र तिलोत्तमा नगरपालिका प्रमुख जगेश्वरी देवी चौधरी संगै अनेरास्ववीयूका केन्द्रिय नेता समेत रहेकी उमा अधिकारी, प्रदेशसभा सदस्य कमला बिश्वकर्मा समेत आरक्षीत कोटाबाट महाधिवेशन प्रतिनिधी बनेका छन्।








प्रतिक्रिया