अर्थ-वाणिज्य

कपिलवस्तु कांग्रेस : पौडेलपक्षका कलाम सभापतिमा निर्वाचित,पदाधिकारीमा यूवा अनुहार धेरै



कपिलवस्तु १४ मंसिर ।नेपाली कांग्रेस कपिलवस्तुको सभापति पदमा महाराजगंजका मेयर समेत रहनु भएका अब्दुल कलाम विजयी हुनुभएको छ । आज विहान सम्पन्न मतगणनामा कलामले सभापतिका अर्का प्रत्यासी पूर्व सभापति समेत रहेका राजेश आचार्यलाई १०९ मत अन्तरले पराजित गर्नुभएको हो । जिल्ला सभापतिको लागि रामचन्द्र पौडेल पक्षका कलाम र पार्टी सभापति शेर बहादुर देउवा पक्षका राजेश आचार्यबीच चुनाव भएको थियो । जहा सस्थापन पक्ष पराजित हुन पुगेकोछ ।

कुल खसेको १७ सय ६५ मतमा विजयी कलामले ९२८ र पराजित हुनुभएका राजेश आचार्यले ८१९ मत ल्याउनु भएको हो । यस्तै दुई उपसभापतिपदमा रजतराज आचार्य र हुमकान्त खनाल निर्वाचित हुन भएको छ । दुई सचिवमा युवा नेता शक्ति सिँह ठकुरी र अनुभवि नेता प्रेम बहादुर सिंह रायमाझी विजयी विजयी हुनुभएको छ ।यस्तै सहसचिवमा विरेन्द्र कुमार शुक्ला र वजिह अरसद निर्वाचित हुनु भएको छ ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६