अर्थ-वाणिज्य

एमालेका अध्यक्ष केपी ओलीले महिला नेतृ तथा समाजसेवी भद्राकुमारी घलेलाई किन भेटे त ?



काठमाडौं १८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले महिला नेतृ तथा समाजसेवी भद्राकुमारी घलेलाई भेटेका छन् । डिल्लीबजारस्थित घलेकै निवासमा पुगेर अध्यक्ष ओलीले आज भेट गरेका हुन् । भेटका क्रममा घलेले आफूले लेखेका विभिन्न पुस्तक ओलीलाई हस्तान्तरण गरेकी थिइन् ।

घलेले आफू अहिले लेखपढमा लागेको बताइन् । ९० वर्षीय घलेले केपी ओलीलाई सच्चा देशभक्त र विकास प्रेमी नेता भएको बताउँदै आएका छन् ।

ओली चितवनमा १० औँ महाधिवेशनमा चुनाव लडिरहँदा घलेले उनलाई भेट्ने इच्छा रहेको बताएकी थिइन् । उनको इच्छा अनुसार ओली घलेलाई भेट्न उहाँको घरमा पुगेका हुन् ।

यसअघि केपी ओलीलाई षडयन्त्र गरेर प्रधानमन्त्रीबाट हटाएको भन्दै घलेले चर्को आलोचना गर्दै आएकी थिइन् । घलेले ओली फेरी चुनाबाट प्रधानमन्त्री हुने बताउँदै आएका छन् ।

घलेले ओलीलाई देखाइर वा चिनेर नभई उनको कामबाट प्रभावित भएर प्रशंसा गरेको बताइन् । विश्वबाट कम्युनिष्ट बढारिएको बेला नेपालमा केपी ओलीले कम्युनिष्टको दुईतिहाई बहुमत ल्याएको घलेले बताइन् ।

‘अब आउने चुनावमा पनि हामीले त्यस्तै देख्न पाए हुन्थ्यो’, ओलीसम्गको भेटमा घलेले भनिन् । समृद्ध नेपाल र सुखी नेपाली बनाउन ओली एक पटक फेरी प्रधानमन्त्री बन्नुपर्ने घलेले बताइन् । ‘मैले आशिर्वाद दिएकी छु, ओली फेरि दुई तिहाई बहुमतका साथ प्रधानमन्त्री बन्नुपर्छ’, घलेले भनिन् ।

प्रकाशित : १८ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६