२४ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनको मुद्दालाई सम्बोधन नगरे ज्वालामुखी जस्तै विस्फोट हुने बताएका छन्।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनको सफलताको कामना गर्दै उनले नेपालमा प्रजातन्त्र ल्याउनका लागि संघर्ष गरेको चर्चा गरे।
उनले पार्टीमा स्थिरता नरहे सरकारमा पनि स्थिरता नरहने भएकाले पार्टीमा पनि स्थिरता आवश्यक रहेको उल्लेख गरे। सो क्रममा उनले संविधानप्रति पार्टीको असन्तुष्टि अझ पनि कायमै रहेको बताए।
संविधान घोषणा गरेसँगै मधेशमा आन्दोलन भएको उल्लेख गर्दै उनले मधेश आन्दोलनका योद्धाहरु जेलमा रहेको बताए। उनले रेशम चौधरीले मुद्दा खेपिरहेको चर्चा गर्दै थुप्रै नेता कार्यकर्ताहरु अझ पनि जेलमा रहेको उल्लेख गरे।








प्रतिक्रिया