अर्थ-वाणिज्य

प्रविधीले महिला हिंसाको स्वरुपमा तीव्र विकास



दैलेख १४ मंसिर । दैलेखको दुल्लु नगरपालिका–६ पुसाकोटकी बसन्ती विक महिनावारी हुँदा चार दिनदेखि छाउगोठमा बस्दै आएकी थिइन्। २०७७ साल असार ८ गते पानी परिरहेको थियो। घरदेखि टाढा जंगल छेउको छाउगोठभित्र किराहरू पस्न थाले। बसन्तीले जेठो छोरा रूपेन्द्रलाई घरबाट आगो ल्याउन लगाइन्। छाउगोठको भित्रि कुनामा आगो बालिन्। बेलुका ८ बजेतिर खाना खाँदै गर्दा बसन्तीको शरीरमा आगो सल्कियो।

आमालाई खाना थप्न आएको छोराले थाहा पाएर गाउँले गुहारेछन्। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेकी बसन्तीले भोलिपल्ट होसमा आएपछि मात्रै शरीर जलेको थाहा पाइन्।सरकारले घटनाको अघिल्लो वर्ष मात्रै कर्णाली र सुदूरपश्चिममा रहेका छाउगोठ भत्काउने अभियान सञ्चालन गर्‍यो। छाउगोठ रहेका जिल्लाहरू एक महिनामै छाउगोठमुक्त घोषणा पनि भए। त्यतिबेला कर्णालीमा पाँच हजार छाउगोठ भत्काइएको घोषणा गरियो। तर, अहिले पनि गाउँमा छाउगोठ रहेका छन्। परम्परागत सोच र कूरुतिका कारण महिलाले अझै पनि छाउगोठका कष्टकर दैनिकी भोग्न बाध्य हुनुपरेको छ।

नेपालका पहाडी जिल्लाहरुमा छाउगोठको समस्या छ भने तराईका जिल्लाहरुमा दाइजो र बालविवाह प्रथा। अझैं पनि परम्परा धान्न र समाजमा ‘इज्जत बचाउन’ कै लागि भए पनि घर/घडेरी बिक्री गर्ने वा ऋण लिएर विवाह गर्ने चलन कायम रहेको छ तराइ क्षेत्रमा।अझ उदेकलाग्दो पक्ष त के छ भने छोरालाई चिकित्सक, इन्जिनियर वा बढी पैसा खर्च हुने विषयमा लगानी गराएका अभिभावकले अध्ययन खर्च जोडेर दाइजो लिने गरेका छन्। विवाहपश्चात भएपनि आफ्नो माग पूरा नभएको खण्डमा बुहारी, श्रीमतीलाई कुटपिट गरेर चरम यातना समेत दिने गरेको समाचार तराईका नियमित हुन्।

दाइजो नदिएको निहुँमा नाम परिवर्तित सितादेवीलाई श्रीमानले घरबाट निकालिएको करिब दुई महिना भएको छ। दुई सन्तानकी आमा सितादेवी अहिले एक्लै बस्दै आइरहेकी छिन्। बालविवाह गर्न बाध्य पारिएकी उनलाई दुई सन्तानको पालनपोषण एक्लैले गर्नु परेको छ। मन पर्दा बिहे गरेर राख्ने र स्वार्थ पुर्तिपछि छाड्ने, कुटपिट गर्ने गरेको घटना समाजमा विद्दमान छ।

विगतदेखि हिंसाका यस्ता घटना भइरहेकै अवस्थामा वर्तमान अवस्थामा भने यसको स्वरुप बद्लिएको छ। पहिले पहिले हाम्रा चेलीहरु विदेशमा बेचिन्थे भने अहिले देश भित्रै बेचिन थालेका छन्। गाउँघरबाट रोजगारी र शिक्षा दिने बहानामा शहर ल्याएर रेष्टुरेन्ट तथा खाजाघरमा लगाइदिने र त्यहींबाट उनीहरुलाई यौन शोषण र बेचविखनमा पर्ने गरेको सामाजिक अभियान्ता अनुराधा कोइरालाले सुनाइन्। ‘अहिले विदेशमा मात्र नभएर नेपालमै हाम्रा चेलीहरु बेचिरहेका छन्,’ उनले भनिन्।नेपालको भौगोलिक र विकासको हिसाबले महिला हिंसाका घटना फरक फरक प्रकृतिका छन्। पहाड, तराई, ग्रामीण क्षेत्र र शहर सबैमा फरक किसिमका महिला हिंसाका घटना दिनहुँ भइरकेका हुन्छन्।

प्रकाशित : २४ मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६