अर्थ-वाणिज्य

एमाले को बहुचर्चित केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदै बैठकमा २५ एजेन्डा तय ।



काठमाडौं, मंसिर २५ । नेकपा (एमाले) को बहुचर्चित केन्द्रीय कमिटीको बैठकमा आजबाट सुरु हुँदैछ । भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम हस्पिटालिटीमा आजबाट सुरु हुने बैठकमा १५ एजेण्डा तय भएको छ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज ११ बजेदेखि सुरु हुने बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने छ ।तामाङका अनुसार बैठकमा बाँकी केन्द्रीय सदस्यहरुको सपथग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटी सदस्यहरुको मनोनयन, पोलिटव्युरो गठन र स्थायी कमिटीको गठन रहेका छन ।

यसैगरी केन्द्रीय सल्लाहकार परिषद् गठन, केन्द्रीय सदस्यहरुको कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण रहेका छन । यस्तै विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयताक्रम निर्धारण र जनसंगठनको सुदृढिकरण अभियानलाई पनि बैठकको कार्यसूची बनाइएको छ ।

एमाले महाधिवेशनलगत्तै पहिलो बैठक बसे पनि लामो कार्यसूचीसहितको बैठक शनिबारदेखि बस्दैछ । बैठकले संगठन सुदृढिकरणको ठोश खाकासमेत ल्याउने छ ।

प्रकाशित : २५ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६