बुटवल २६ मंसिर । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बर्तमान सरकारबाट आफु सन्तुष्ट नभएको संकेत दिएका छन्।
बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सरकारमा सम्लग्न आफ्नो पार्टीका मन्त्रीहरुको बचाउ गरेपनि सरकारको समग्र कामको कुनै प्रसंग कोट्याएनन।
नेपालले भने अहिले असन्तुष्ट भन्यो भने तपाईहरुले ठुला हेडलाईन बनाई हाल्नुहून्छ त्यसैले यस बिषयमा यत्ति नै बुझौं।
नेपालले चुनावी तालमेल बाहेक अन्य कुनै पार्टी संग एकिकरणको सम्भावना नरहेको बताउदै अहिलेका लागि चुनावी तालमेल मात्रै हुने बताए।
अहिले चुनावी तालमेल मात्रै हो कुनै पार्टी संग अहिले नै एकिकरणको सम्भावना र कुनै गुन्जायस छैन बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेपालले भने ।
अहिले हामी आफ्नो पार्टीलाई बलियो बनाउने काममा छौ त्यसपछि अन्य बिचार मिल्ने पार्टीहरु संग एकिकरण गर्ने प्रक्रिया अघि बढाउछौं नेपालले थपे।
आफुले चुनाव जित्नलाई राप्रपा र माओवादीको साहारा लिनुपर्ने अरुले मिल्न नहुने भन्ने कुरा हुदैन ओली प्रति लक्षित गर्दै नेपालले भने न्यायोचित कार्यका लागि मिलेर जाने हो हामी राष्टिय सभा देखिस्थानिय निर्वाचन हुदै मिलेर जाने सहमती गरि सकेका छौें।
नेपालले एमालेमा रहेका आफु निकटका नेताहरुको प्रसंग कोट्याउदै भने वहाहरु घरबाट बिहान हराएको परिवारको सदस्य जस्तै हो केपी ओलीको प्रवृती बुझेपछि एकिकृत समाजवादीमै आउनु हुन्छ।
केही समय केपी ओली सुध्रिन्छनकी भनेर बसेका हुन केपी ओली कुनै हालतमा सुध्रिदैनन उनले भने।
नेपालले पछिल्लो समय राजतन्त्रले टाउको ठड्याउने प्रयत्न गरेको भन्दै अव पुरानो ईतिहास नदोहोरीने ठोकुवा गरे । अव प्रतिगमनले टाउको ठड्याउने प्रयत्न नगर्दा हुन्छ प्रतिगमन संग लडदा लडदै यहा पुगियो अव पनि प्रतिगमन सलवलाउन थाले जनताको ज्वालामुखी बिस्फोट हुन्छ नेपालले भने।
नेपालले को अर्डिनेसन केन्द्र देखि एमाले बनाउने आफु भएको बताउदै पुष्पलालले केसरजंग रायमाझी संग बिद्रोह गरे जस्तै आफुले पनि केपी ओली संग बिद्रोह गरेको बताए।
पुष्पलालले केसरजंग संग बस्न नसकेर बिद्रोह गर्नु भयो मैले ओलीले गलत ढंगले पार्टी कव्जा गर्न थालेपछि बिद्रोह गरे नेपालले भने ।ं
कम्युनिष्ट पाटीलाई बिसर्जन हुन नदिन आफुले बिद्रोह गरेको बताउदै एकिकृत समाजवादी पार्टी नया क्रान्ति निर्माण र कम्युनिष्ट आन्दोलनको निरन्तरता भएको दावी गरे ।








प्रतिक्रिया