अर्थ-वाणिज्य

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै



काठमाडौ
२७ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।

मतदानको समय साँझ ५ बजेसम्म तोकिएको छ । नयाँ नेतृत्व चयनका लागि कांग्रेसका ४ हजार ७ सय ४३ मतदाता सहभागी हुँदैछन् । कांग्रेसले १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र अन्य केन्द्रीय सदस्य गरी जम्मा १३४ जना नेता छान्न निर्वाचन गर्न लागेको हो ।

सभापतिदेखि केन्द्रीय सदस्यसम्म १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा छन् । सभापति पदका लागि ५, उपसभापतिमा ७, महामन्त्रीमा ६ जनाको उम्मेदवारी परेको छ । एक जना कोषाध्यक्षसहित ३३ जना केन्द्रीय सदस्य पछि मनोनीत गर्ने व्यवस्था कांग्रेसमा छ ।

काठमाडौंको भृकुटीमण्डपमा दुईवटा र राष्ट्रियसभा गृहमा एउटा गरी जम्मा तीन ठाउँमा मतदानस्थल निर्माण भएको छ ।पहिलो चरणमा सबै पदको मतदान प्रक्रिया सम्पन्न भएपश्चात् सभापति पदको मतगणना हुनेछ ।

प्रकाशित : २७ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६