अर्थ-वाणिज्य

नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन दुई दिनकालागि स्थगित



विराटनगर २७ मंसिर । नेकपा मओवदी केन्द्रो प्रदेश सम्मेलन दुई दिनका लागि स्थगित भएको छ । नेतृत्वमा सहमति हुन नसक्दा अधिवेशन स्थगित भएको हो । तीन दिन बित्दासमेत पदाधिकारी चुन्न नसकेको प्रदेश अधिवेशन केन्द्रको निर्णय पर्खनका लागि दुई दिन स्थगित गरेको हो । अध्यक्षमा सहमति हुन नसकेपछि स्थगित गरीएको एक नेताले बताए ।

प्रदेश १ मा तीनजना अध्यक्षको दौडमा रहेका छन् । सुरेशकुमार राई (हिमाल), प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ९मौसम० र हेमराज भण्डारी अध्यक्षका लागि मैदानमा छन् । राई वर्तमान अध्यक्ष हुन् भने भण्डारी सचिव हुन् । आङवो भने प्रदेशको जिम्मेवारीमा छैनन् ।

नयाँ नेतृत्वका लागि २५९ सदस्यीय कमिटी भने बनिसकेको छ । सोही कमिटीबाट पदाधिकारी छनोट गर्नु पर्ने भएपनि सहमति नुजुटेपछि दुई दिनका लागि स्थगित गरीएको नेकपा माओवादी प्रदेश कमिटिले जनाएको छ ।

शनिबार सुरु भएको प्रदेश सम्मेलनले आइतबार नेतृत्व चयन गर्ने कार्यतालिका रहेपनि पनि अध्यक्षका आकांक्षीबीच कुरा नमिलेपछि स्थगित भएको हो । गएराति अबेरसम्म सहमतिका लागि छलफल हुँदासमेत तीनै जनाले आ–आफनो अडान नछाडेपछि समस्या परेको बताइएको छ ।

उमेदवारहरु चुनावी प्रकृयामा गएपछि माथिल्ला कमिटीमा जान नपाउने पाटीको विधान भएकाले सहमतिका लागि जोड बल भइरहेको माओवादीका नेताहरु बताउँछन् । बुधबार सम्ममा सर्वसम्मतनै नेतृत्व चयन गरीने माओवादीका नेता नवराज चाँपागाइको दावी रहेको छ ।

प्रकाशित : २७ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६