अर्थ-वाणिज्य

मेरो नाम पोलिटब्यूरो सदस्यबाट हटाइयोस् र टंक कार्कीलाई सदस्य बनाइयोस्:घनश्याम भुसाल



एमालेको दसौँ महाधिवेशनपछि शनिबार र आइतबार भक्तपुरमा बसेको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्यको नाम सुनाउनुभन्दा पहिले पोलिटब्यूरो सदस्यहरूको नाम पढेर सुनाए । ओलीले वाचन गरेको सूचीमा घनश्याम भुसालको पनि नाम थियो ।

नेकपा एमालेका पूर्वमहासचिव समेत रहेका र यसपालि उपाध्यक्षमा पराजित भएका भुसालले बैठकमा अध्यक्ष ओलीलाई सम्बोधन गर्दै भने, ‘म तपाईंको कार्यशैलीबारे टिप्पणी गर्ने पक्षमा थिइनँ, तर बोल्नैपर्ने भयो । मेरो नाम पोलिटब्यूरो सदस्यबाट हटाइयोस् र टंक कार्कीलाई पोलिटब्यूरो सदस्य बनाइयोस् ।’

बैठकमा भुसालले भने, ‘०३६ सालदेखि नै टंक कार्की मेरो आदरणीय नेता हुनुहुन्छ, त्यसैले मेरो नाम हटाए हुन्छ, तर उहाँलाई पोलिटब्यूरो कमिटीमा देख्न पाउँ । यो केन्द्रीय कमिटी हो, जोक होइन । कसलाई नेतृत्वमा ल्याउने भन्नेबारे क्राइटेरिया बनाइनुपर्छ ।’

नेता भुसालले टंक कार्कीलाई पोलिटब्यूरो सदस्य बनाउन गरेको मागप्रति ओलीले सुनेको नसुन्यै गरे । बरु उनले विधानको मापदण्डलाई पनि वास्ता नगरी ‘अन्य पार्टीबाट आएको’ भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईसहित ९ जनालाई केन्द्रीय कमिटीमा ल्याउने प्रस्ताव राखे ।

टंक कार्कीलाई पोलिटब्यूरोमा ल्याइनुपर्ने भुसालको मागप्रति उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका कसैले पनि एकै शब्द बोलेनन्, कसैले साथ दिएनन् ।

चीनका लागि पूर्वराजदूत समेत रहेका टंक कार्की एमालेका त्यागी नेता मानिन्छन् । उनी दसौँ महाधिवेशनमा सचिवमा उठेर पराजित भएका थिए । ओलीले उपाध्यक्षमा पराजित भएका भुसाललाई स्थायी कमिटीमा ल्याए पनि कार्कीलाई भने ल्याएनन् ।

प्रकाशित : २७ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६