अर्थ-वाणिज्य

केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत एकजना पक्राउ



नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत एकजना प्रहरी नायव निरीक्षक (सई)पक्राउ परेका छन् । प्रनानि विष्णु प्रसाद ढुंगाना आइतबार काठमाडौँबाट पक्राउ परेका हुन् । ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान अधिकृत हुँ’ भनेर त्यहाँ अनुसन्धान भइरहेको मुद्दा मिलाउन एकजना व्यापारीसँग पैसा लिन गएको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध ‘अपराधी लाभ’ विरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ । सो मुद्दामा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ । ढुंगानाले केही दिनअघि मात्र काठमाडौँका एकजना व्यापारीलाई धम्क्याएर १५ लाख रकम लिएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको काठमाडौँ परिसरका एकजना अधिकृतले रातोपाटीलाई बताए । आइतबार अर्का व्यापारीसँग उनी पैसा लिन गएका थिए । ढुंगाना केन्द्रीय अनुसन्धान ब्युरोको आर्थिक अपराध अनुसन्धान गर्ने शाखामा कार्यरत थिए ।

प्रकाशित : २८ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६