अर्थ-वाणिज्य

पत्रकारको परिचयमा ठगीगर्दै आएकी युवती पक्राउ



काठमाडौं २८ मंसिर । पत्रकारको परिचय दिएर ठगी गर्दै आएकी एन्जीना कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीलाई बसन्तपुरबाट मंसिर २२ गते महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्राउ गरेको हो ।सहकारी लगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत जनसेवा, काठमाडौंका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दिलबहादुर मल्लले जानकारी दिए ।

एन्जिना लामो समय देखि पत्रकारितामा थिइन् । कार्कीले तीन वर्ष तराइ टेलिभिजनमा र त्यसपछि हिमाललय टेलिभिजनमा काम गरेकी थिईन । अहिले भने भारतको जी टिभीमा नेपालबाट सम्वाददाताको रुपमा काम गर्दै आएकी थिइन् । उनले केही दिनअघि मात्रै जी टिभीबाट विश्राम लिएकी हुन् ।तर पत्रकारिता पेशाको नाममा ठगी गर्दै आएको पाइएको छ । उनको यस्तो ठगी धन्दामा उनीसहितको एक समूह रहेको प्रहरीले जनाएको छ ।पक्रउपछि एन्जिना कार्कीलाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा राखिएको र अनुसन्धान जारी रहेको डीएसपी मल्लले बताए । कार्कीका विरुद्ध मंसिर २१ गते १५ लाख ठगि गरेको भन्दै ज्ञानेन्द्र शर्माले उजुरी दर्ता गरेका थिए ।

प्रकाशित : २८ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६