प्रदेश

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी



काठमाण्डौ, ०१ पुस । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदका लागि भएको चुनावमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ ।

आज बिहीवार भएको मतगणनामा गगनकुमार थापाले तीन हजार २३ मत र विश्वप्रकाश शर्माले एक हजार नौ सय ८४ मत प्राप्त गर्नुभएको हो । परिणाम कांग्रेसको निर्वाचन समितिले घोषणागर्न बाँकी रहेको छ ।

महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा डा। प्रकाशशरण महत र प्रदीप पौडेल, डा. शेखर कोइराला समूहबाट डा।मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्मा तथा विमलेन्द्र निधिको समूहबाट डा राजाराम कार्की उम्मेदवार हुनुहुन्थ्यो ।

महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना महामन्त्रीमा चयन हुनुभएको हो । सभापतिमा देउवा निर्वाचित भइसक्नुभएको छ भने उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित हुनुभएको छ।

महामन्त्रीपछि सह–महामन्त्री र त्यसपछि केन्द्रीय सदस्यको मतगणना गर्ने पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित : १ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६