अर्थ-वाणिज्य

अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न को भयो त बिजेता ?



लुम्बिनी ४ पुस । नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश सम्मेलन नेपालगंजमा सम्पन्न भएको छ । टेकेन्द्र मल्लको अध्यक्षतामा ४१ सदस्यीय प्रदेश कमिटि चयन गर्दै सम्मेलन सकिएको हो । अनेरास्ववियूका अनुसार कमिटिको उपाध्यक्षमा छवि भट्टराई, बृद्धिराम यादव र मनु अधिकारी, सचिवमा दिपक अनुरागी, सहसचिवहरुमा उत्तम पोखरेल र अविरल भण्डारी तथा कोषाध्यक्षमा प्रताप घर्ति सर्वसम्मत चयन हुनु भयो । सचिव पदमा चुनिनु भएका कपिलवस्तुबासी अनुरागी लोकप्रिय विद्यार्थी नेताको रुपमा चिनिनुहुन्छ ।

४१ सदस्यीय कमिटिमा प्रदेशका सबै जिल्लाको प्रतिनिधित्व रहेको अध्यक्ष मल्लले जानकारी दिनुभयो । अनेरास्ववियूले अब प्रदेशका सबै जिल्लाका कलेज र विद्यालयमा शसक्त उपस्थिति जनाउदै काम गर्ने अध्यक्ष क्षेत्रीले बताउनु भयो । प्रदेश सम्मेलनको उदघाटन शुक्रवार समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गर्नुभएको थियो ।

सम्मेलनमा सहरी विकास मन्त्री राम कुमारी झाँक्री , अनेरास्ववियुका केन्द्रिय अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामा लगायतको सहभागिता थियो । सम्मेलनमा सहभागि हुने प्रदेशका सबै जिल्लाबाट ठुलो संख्यामा विद्यार्थिहरुले सहभागिता जनाएका थिए ।

प्रकाशित : ४ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६