मकवानपुर ५ पुस । माओवादी केन्द्रको वागमती प्रदेशको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । प्रदेश कमिटी सदस्य चयन भएपनि पदाधिकारीमा सहमति नजुटेपछि निर्वाचन हुन लागेको हो ।
अध्यक्षसहित नौ जना पदाधिकारी चयन गर्ने निर्वाचन प्रक्रियाका लागि २९ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा दीनानाथ गौतम र सरल सहयात्री भिड्दै छन् । काठमाडौको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा मतदाताको नामावली प्रकाशनसँगै उम्मेदवारको पनि टुंगो लागेको छ ।
अध्यक्षमा २ जना र सचिवमा ४ जना, उपाध्यक्षमा १० जना, सहसचिवमा १० जना र कोषाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी मनोनयन भएसँगै सोमबारै राति मतदान तयारी थालिएको छ । माओवादीले हेटौंडा महाधिवेशनपछि पहिलो पटक मतदानबाट नेतृत्व छान्न लागेको हो ।
जसअन्तर्गत अध्यक्षमा २, उपाध्यक्षमा ७, सचिवमा ५, सहसचिवमा ७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । अहिले केहीबेर (सोमबार साँझ) अनुपम फुडल्याण्डमा निर्वाचन हुँदैछ । वागमतीमा २७५ सदस्य चयन भइसकेका छन् ।








प्रतिक्रिया