अर्थ-वाणिज्य

नेपाल कम्युनिष्ट पार्टी का पूर्णकालीन सदस्यले मासिक १० हजार पाउने



काठमाडौं ६ पुस -माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (कीकृत समाजवादी)का पूर्णकालीन सदस्यले मासिक १० हजार पाउने भएका छन् ।काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीको प्रस्तावअनुसार काठमाडौं भित्रका पूर्णकालीनलाई १० हजार रुपैयाँको व्यवस्था गर्न लागेको हो ।

‘जिल्ला कमिटीका सदस्यहरू मध्येबाट प्रत्येक क्षेत्रमा दुई जना सदस्यलाई खाजा, खाना, फोन रिचार्जवापत १० हजार रुपैयाँ प्रदान गर्ने गरी अभियान अवधिभरका लागि क्षेत्रीय कमिटीको सिफारिसमा पूर्णकालिन सदस्य चयन गरिनेछ,’ कार्कीले भन्नु भयो ।

सदस्यता वितरण, संगठन निमार्ण र परिचालन सम्बन्धका बारेमा उल्लेख गर्दै २ पुसमा टोली निमार्ण र ८ माघमा परिचालन गर्ने भन्दै काठमाडौं जिल्लामा मात्र २० जना सदस्यलाई पूर्णकालिन सदस्य मान्दै मासिक दुई लाख खर्च गर्ने प्रस्ताव गर्नु भएको हो ।

प्रकाशित : ६ पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६