अर्थ-वाणिज्य

प्रचण्डको पार्टी पदाधिकारी संख्या १५ बनाउने प्रस्ताव



काठमाडौं १० पुस – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको संख्या १५ बनाउने प्रस्ताव गरेका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले अध्यक्षका साथै उपाध्यक्ष, महासचिव र सचिव पद राख्ने प्रस्ताव गरेका हुन् ।

हालको अन्तरिम विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव एकएक जना मात्र रहने व्यवस्था छ । तर तल्लो तहका कमिटीहरूमा पदाधिकारी संख्या बढाएकाले केन्द्रमा पनि थप्न विधान संशोधन समिति बनेको छ ।

वडामा ५, पालिकामा ७ र प्रदेशमा ९ सदस्यीय पदाधिकारी बनाएकाले केन्द्रमा ११ कि १३ भन्ने बहस समितिले गरिरहेका बेला प्रचण्डले १५ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गरे । कुन पदमा कति जना सदस्य राख्ने भन्ने भोलि शनिबारको बैठकमा छलफल हुने स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।

माओवादी केन्द्रले नयाँ नेतृत्व चयनका लागि आइतबारदेखि काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ ।माओवादी पार्टी गठन भएयता निरन्तर नेतृत्वमा रहेका प्रचण्ड यसपालि पनि निर्विरोध अध्यक्ष चुनिने नेताहरुले बताएका छन्, अरु पदमा भने स्थायी कमिटी सदस्यहरुले आकंक्षा देखाइरहेका छन् ।

सम्मेलनले पार्टीेको कार्यदिशाको टुंगो लगाउने छ ।

प्रकाशित : १० पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६