अर्थ-वाणिज्य

मैले आफैलाई चीरफार गरेको छु कसरी माओवादी केन्द्र कमजोर भयो:प्रचण्ड



काठमाडौं ११ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा आत्मसमीक्षा गरेको दाबी गरेका छन् ।

माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले महाधिवेशनमा कहाँ कहाँ चुक्यौ भनेर आत्मसमीक्षा र आत्मआलोचना गरिने बताएका हुन् ।

‘महाधिवेशनमा शान्ति प्रक्रियामा आएपछि कहाँ-कहाँ चुक्यौ भनेर आत्मसमीक्षा र आत्मआलोचना गरिन्छ । मैले आफैलाई चीरफार गरेको छु । कसरी माओवादी केन्द्र कमजोर भयो भनेर ।’ उनले भने, ‘गम्भीर आत्मसमीक्षासहित नयाँ ढंगले तपाई प्रतिनिधिहरु प्रस्तुत हुनुहुनेछ ।’

उनले एमाले महासचिव शंकर पोखरेलको भनाईलाई समर्थन गर्दै एकता जोगाउन नसकेकोमा आफूलाई पनि पछुतो लागेको धारणा राखे । प्रचण्डले नेकपा गठन गलत नभएको बताउँदै कहाँ गल्ति भयो समीक्षा आवश्यक रहेको धारणा राखे । उनले भने, ‘पार्टी एकता गरेर गल्ती गरेका थिएनौं, फेरी आत्मसमीक्षा गरौं । हाम्रो उद्देश्य गलत थिएन । के कारणले फुट्यो ? मनन हुन जरुरी छ ।’

प्रकाशित : ११ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६