कपिलवस्तु ११ पुस । अवधी भाषामा लेखिएको साहित्यीक पुस्तक हमार पहिचानको एक कार्यक्रम बीच बिमोचन गरिएको छ । बुद्धभूमि नगरपालिका वार्ड नंं ७ बस्ने मुन्ने यादवले लेख्नु भएको उक्त पुस्तकको बिमोचन समाज सेबी राजनितिज्ञ ब्यक्तित्व राम बरन यादव र लुम्विनी प्रदेशका योजना अयोगका सदस्य शिव पुजन यादवले संयुक्त रुपमा गर्नु भएको हो ।बिबिध बिधामा ५ बर्षको लामो समय लगाएर समाजको धरातलमा रही वास्तबिक चित्रण गरी लेखिएको उक्त पुस्तकको सहभागी सबैले प्रसंशा गरेका थिए । शिक्षक पेशामा जिवन समरपित गरेका शिक्षक मुन्ने यादवले पिता कल्लु यादव र माता फुलकली यादवको सम्झनामा उक्त पुस्तक लेख्नु भएको हो ।
त्यस क्षेत्रको शिक्षाको बिकास गर्ने उद्धेश्यले १० कठ्ठा १३ धुर जग्गा बिद्यालयको नाममा गरि बिद्यालय संचालन भएको फुलकली माध्ययमिक बिद्यालयको प्राङ्गणमा उक्त पुस्तक बिमोचन कार्य भएको हो ।कार्यक्रम बिष्णु यादवको अध्यक्षतामा भएको हो । कार्यक्रम पुर्ब माननिय ईलियास मुसलमान यूवा नेताहरु राम नेवास यादव , अजित सिंह , शिक्षा प्रेमी परशुराम यादव लगायत १ सय जनाको सहभागिता रहेको थियो । कार्यक्रम समाज सेवी शिवलाल यादवले संचालन गर्नु भएको थियो ।
११ पुस २०७८, आइतबार
प्रतिक्रिया