अर्थ-वाणिज्य

राजा विरेन्द्र शाहको जन्मदिन अवसरमा राप्रपाद्धारा दिप प्रज्वलन



काठमाडौं १४ पुस । पूर्व राजा विरेन्द्र विर विक्रम शाहको जन्मदिनको अवसरमा शिवराज नगरपालिका ५ चन्द्रौटामा दिप प्रज्वलन गरिएको छ । राप्रपा लुम्बिनी प्रदेश सदस्य शईद अहमद शाहको आयोजनामा दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलन गर्दै शाहले ७६ औ जन्म जयन्ती अवसरमा दिप प्रज्वलन गरि उहाँलाई सम्झना गरिएको हो । राजाले देश र जनतालाई गरेको काम उदाहरणिय रहेको भन्दै अब फेरी मुलुकको नेतृत्व राजाले गर्नुपर्ने शाहको भनाई छ । उहाँले हिन्दु राष्ट्र कायम गरि राप्रपाको भिजनमा देश संचालन भएको कायापलट हुने दावि गर्नुभयो ।
फरक प्रशंङ्ग वोल्दै नेता शाहले राप्रपाले देश भर संगठन निर्माण गरि अबको निर्वाचनमा धेरै ठाउँमा जित्ने तरिकाले कार्यक्रता लागिरहेको बताउनुभयो । उहाँले शिवराज नगर क्षेत्र राप्रपाको सिदान्त मन पराउने धेरै रहेको पनि उहाँले बताउनुभयो । राजा वीरेन्द्रको जन्म वि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भएको थियो । बि.सं. २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरियाको थियो

प्रकाशित : १४ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६