अर्थ-वाणिज्य

प्रेस चौतारी अब्बल पत्रकारको सस्था बन्नु पर्छ: नेता गुरुङ




लुम्बिनी १४ पुस । नेकपा (एमाले)का उपमहासचिव पृथ्बीसुब्बा गुरुङले पार्टी बलियो हुन जनवर्गीय सङ्गठन प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् ।लुम्बिनीमा शुरू भएको प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै चौतारीका इञ्चार्ज समेत रहेका प्रचार विभाग प्रमुख गुरुङले एमालेका अन्य संगठनभन्दा प्रेस चौतारी अब्बल हुनुपर्ने धारणा व्यक्त गरेका हुन् ।‘वर्तमान अवस्थामा प्रेस जगतको भूमिका महत्वपूर्ण छ ।त्यसमाथि प्रेस चौतारी नेपाल सबै संगठनको मार्गनिर्देशक र सहयोगी बन्नुपर्छ,’ इञ्चार्ज गुरुङले भने । बैठकमा बोल्दै मोर्चा संगठन प्रमुख भानुभक्त ढकालले पत्रकारहरु भावनामा बहकिन नहुने बताए।

‘कहिलेकाहिँ पत्रकारहरु भावनामा बहकिनु हुन्छ, त्यसले पार्टी हित विपरित हुन्छ, भावनामा नबहकिनुहोस्।’ ढकालले भने।उनले पार्टीको महाधिवेशनमा पार्टी भन्दा बाहिर रकम संकलन नगरेको उल्लेख गर्दै पार्टीका जनवर्गिय संगठनहरुले पनि पार्टी र संगठन बाहिर पैसा नउठाउन सुझाव दिए।उनले संगठनहरुको खाता नखोल्ने तर सिमित ब्यक्तिका नाममा खाता संचालन गर्ने गलत प्रवृत्ति रहेको उल्लेख गर्दै त्यस्तो कामलाई अन्त्य गर्नुपर्ने बताए । उनले पार्टीभित्रैका केहि नेताहरुको व्यक्तिगत स्वार्थ अनुकल नहँुदा आफ्नै पार्टी नेतृत्वको सरकारलाई सडकमा पु¥याएपनि एमाले जनताको मनमा रहीरहेको उनले दावी गरे। कायक्रममा एमाले केन्द्रिय सदस्यहरु सुर्य थापा, खिमलाल भट्टराई, बिष्णु रिजाल लगायतले बोल्दै जनसंगठनहरुलाई शसक्त बनाउनुपर्ने बताएका थिए। प्रेस चौतारीको रिक्त स्थानमा विधान अनुसार सदस्य मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलोपटक वैठक लुम्बिनीमा बसेको हो ।


प्रेस चौतारी नेपालको नवौं केन्द्रीय महाधिवेशन पोखरामा हुने भएको छ । आगामी माघ २२ देखि २३ गतेसम्म पोखरामा पहिलो पटक महाधिवेशन आयोजना गर्ने निर्णय लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटि बैठकले गरेको हो । प्रेस चौतारीको स्थापनाका दिन महाधिबेशन गरिने अध्यक्ष गणेश बस्नेतले बताउनु भयो उक्त दिन विभिन्न महत्वपुर्ण पुरस्कारहरु पनि प्रदान गरिने उहाँले बताउनु भयो ।
महाधिवेशन सफल बनाउन बैठकले उपाध्यक्ष गणेश पाण्डेको संयोजकत्वमा मूल आयोजक समिति पनि गठन गरेको छ । त्यस्तै गरि वैठकले पत्रकारको हक हित र विकासको पक्षमा लुम्बिनी घोषणा पत्र समेत जारी गरेको छ । केन्द्रीय कमिटीको बैठकमा चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन, प्रदेश र जिल्ला अधिवेशनको मिति तय, साङ्गठिनक र आर्थिक प्रतिवेदनलगायत विषयमा छलफल भएको अध्यक्ष बस्नेतले जानकारी दिनु भयो । जिल्ला अधिवेशन पुस २८ साथै प्रदेश अधिवेशन माघ ४ मा गर्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित : १४ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६