अर्थ-वाणिज्य

पूर्वमन्त्री पुनले चिनमा स्वास्थ्यमा सुधार आएसँगै बढाए भेटघाट



काठमाडौं १६ पुस। नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन स्वास्थ्यमा सुधार आएसँगै भेटघाटमा व्यस्त हुन थालेका छन् । सोमबार मात्रै चीनका उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेका नेता पुनले आज ग्वान्झाओका महावाणिज्यदूत लगायतको टोलीसँग भेट गरेका हुन् । भेटमा महावाणिज्यदूत रामशरण पुडासैनीसँगै एनआरएनएका अध्यक्ष यादव अर्याललगायत सहभागि थिए ।

भेटका क्रममा नेपाली टोलीले चीनसँगको व्यापार तथा पारवहन लगायतका क्षेत्रमा अवस्था सहज बनाउनका लागि नेपाल सरकारको ध्यानाकर्षण गराईदिन माग गरेका थिए । नेता पुनको स्वास्थ्य लाभको कामना गर्न सेनजेनस्थित अस्पतालमा पुगेका उनीहरुले तातोपानी तथा केरुगं नाकाबाट आयात निर्यातको मात्रा बढाउनु पर्ने, नेपाल चीनबीचको उडान सूचारु गराउन नेपाल सरकारले पहल गर्नुपर्ने बताएका थिए । नेता पुनले यस विषयमा नेपाल आएर सरकारसँग छलफल गरेर पहल गर्ने जवाफ दिएको भेटमा सहभागि पूर्वसभामुख तथा नेता पुनकी पत्नी ओनसरी घर्तीले जानकारी दिईन् ।

महावाणिज्यदूत पुडासैनीले चीन सरकार नेपालको कृषि, वाणिज्य तथा व्यापारलगायतका क्षेत्रमा सहयोग र ऊर्जा लगायतका क्षेत्रमा लगानी गर्न समेत उत्सुक रहेकाले सोही अनुसारको वातावरण बनाउन पहल गर्नुपर्ने बताएका थिए । नेता पुनसँग केही दिन अघि ल्हासाका महावाणिज्यदूत नवराज ढकालले पनि भेट गरेर स्वास्थ्य लाभको कामनासहित दुई देशबीचको व्यापार र वाणिज्यको क्षेत्र फराकिलो बनाउन पहल गरिदिन माग गरेका थिए ।

बंगाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण झण्डै ३ महिनादेखि उपचार गराईरहेका नेता पुन बैंककमा निको नभएपछि चीन गएका हुन् । माओवादीको आठौं राष्ट्रिय महाधिवेशन जारी रहँदा चीनमा उपचारारत छन् । चिकित्सकको सल्लाह पछि अब छिटै नेपाल फर्कने उनले जानकारी दिएका छन् ।

जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंकक तर्फ लागेका थिए । उनको मंसिर १० गतेयता चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज मा उपचार भईरहेको छ । नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यस अघि ग्राण्डी अस्पतालमा परिक्षण गराएका नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो ।

प्रकाशित : १६ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६