अर्थ-वाणिज्य

निकै आलोचना भयो खुमलटार निवास छाड्छु गाउँ जाने सोचिरहेको छु : प्रचण्ड



काठमाडौं १७ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले बसिरहेको खुमलटार निवास छाड्ने बताएका छन् ।
काठमाडौंमा जारी आठौं महाधिवेशनमा सोमबार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।

‘निकै आलोचना भयो, अब गाउँ जाने सोचिरहेको छु’, उनले भने, ‘निणर्य नै त गरिसकेको छैन । तर खुमलटार छाडेर गाउँ जाने कुरा सोचिरहेको छु ।’

माओवादीका महाधिवेशन प्रतिनिधिहरुले प्रचण्ड महँगो घरमा बसेको भन्दै आलोचना गरेका थिए । कार्यकर्तालाई साधारण जीवन बिताउनुपर्छ भनिरहँदा आफ्नो जीवन शैली र बसाइलाई लिएर प्रतिनिधिहरुले आलोचना गरेपछि प्रचण्डले खुमलटारबाट डेरा सर्ने बताएका हुन् । ‘डेरा सर्नेबारे सोचिरहेको छु’, उनले भने, ‘कार्यकर्ताको भावनाको पनि सम्मान गर्छु ।’

प्रकाशित : १७ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६