अर्थ-वाणिज्य

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरोधमा अखिल क्रान्तिकारीका विद्यार्थीले गरे प्रदर्शन



काठमाडौँ १० माघ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका विद्यार्थीले सोमबार काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले नाराबाजीसहित मुल सडकमा टायर समेत बालेका थिए । प्रहरीले प्रदर्शनकारी विद्यार्थीलाई तितरवितर पारेर टायर निभाएको हो ।

विप्लव नेकपाको अखिल क्रान्तिकारिका विद्यार्थीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध लगातार प्रदर्शन गर्दै आएको छ ।

नेपाल आयल निगमले गत बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ, डिजेल तथा मट्टितेलमा पनि तीन रुपैयाँ मूल्य बढाएको छ । यसले अन्य दैनिक उपभोग्य वस्तुहरुको मूल्यवृद्धि भएको भन्दै त्यसको विरोधमा विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

प्रकाशित : १० माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६