जीवनशैली

पूर्व मन्त्री गुप्ताले ११ किलोमिटर चक्कर लगाउँदा पनि पाएनन् सिटामोल



काठमाडौं १० माघ : पूर्व मन्त्री जेपी गुप्ताले ११ किलोमिटर चक्कर लगाउँदा पनि सिटामोल पाउन नसकेको गुनासो गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरेका छन्।

प्रम देउवाले स्थिति सुध्रिँदै छ भने पनि सिटामोल नपाएको भन्दै उनले सबैको मन आत्तिएको टिप्पणी गरेका छन्। सक्रिय राजनीतिबाट टाढा रहेर कृषिकर्ममा सक्रिय रहेका गुप्ताले ट्विटमा प्रधानमन्त्री देउवालाई सम्बोधन गर्दै पीडा अभिव्यक्त गरेका हुन्।

‘शेरबहादुरजी!  जी! तपाई पुँजीगत खर्च, विप्रेषण आप्रवाह, शोधनान्तर, विनिमय संचिति आदि बुझ्न झंझटिलो कुराहरू गरेर “स्थिति सुध्रिँदै छ। न आत्तिनु” भनिरहनु भएको छ,’ गुप्ताले लेखेका छन्, ‘म स्वयं आज मेरो ठाममा ११ किमीको चक्कर लाउँदा सिटामोल पाइन। तपाई उपर भरोसा राख्दा-राख्दै सबैको मन सारै आत्तिएको छ!’

प्रकाशित : १० माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६