कर्णाली

राष्ट्रियसभा चुनावः कर्णाली प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी



राष्ट्रियसभा सदस्य पदका लागि कर्णाली प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट माओवादीका माओवादीका नरबहादुर विष्ट, काँग्रेसकी दुर्गाकुमारी गुरुङ, र एकीकृत समाजवादीका उदय बोहोरा निर्वाचित बनेका हुन् ।

निर्वाचित बनेका विष्टले तीन हजार ६, गुरुङले २ हजार ९७० र बोहोराले प्रदेश सभाका २१ र स्थानीय तहका १११ सहित ३००६ मतभार प्राप्त गरेका छन् । यस्तै पराजित बनेका एमालेका गंगा थापा महतले १ एक हजार ४१६ पदमबहादुर माझीले १ हजार ३९८ र चूडामणि शर्मा १४१६ ले मत मात्र प्राप्त गरेको प्रदेश निर्वाचन अधिकृत दुर्गा प्रसाद चालिसेले जानकारी दिए।

बुधबार बिहान नौ बजेदेखि प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगरमा भएको मतदान दिउसो ३ बजे सकिएको थियो । मतदान गर्ने ३५ प्रदेशसभा सदस्यमध्ये ३४ र १५६ पालिका पदाधिकारीमध्ये १५५ जनाको मत खसेको थियो ।
मतदान नगर्नेमा प्रदेशसभा सदस्य तथा राप्रपा नेतृ सोशिला शाही र कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली रहेकी छन् ।

प्रकाशित : १२ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६