जीवनशैली

नक्कली नोट र लागूऔषधसहित तीन जना पक्राउ



प्रहरीले नेपाली नक्कली नोट र लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्चुले एक हजारका नौ वटा नेपाली नक्कली रुपैयाँ र लागूऔषध नाइट्राभेट ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरेको हो।  

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर–१० का २६ आशिष बैगार, २१ वर्षीय विवेक विक र भेरीगंगा नगरपालिका–९ का २४ वर्षीय प्रमोद गुरुङ छन्। 

‘नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र. ००२००१ ख ००६३ नम्वरको फोर्स गाडीलाई चेकजाँच गर्दा उनीहरुको साथबाट नाइट्राभेट ८८५ ट्याब्लेट र एक हजारमा नौ थान नक्कली नेपाली रुपैयाँ बरामद गर्न सफल भयौं,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले भने, ‘पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय छिन्चुको हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौं।’

प्रकाशित : १७ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६