खेलकुद

लुम्विनी प्रदेश स्काउटले गर्यो सबै जिल्लाका कामको समिक्षा



भगवती न्यौपाने
कपिलवस्तु २२ माघ
नेपाल स्काउट लुम्बिनी प्रदेश तदर्थ समितिको तेस्रो पूर्ण बैठकले बैठकमा लुम्बिनी प्रदेश स्काउटले प्रत्येक जिल्लामा कसरी काम गरेको छ,गरेको कामको प्रभाव स्थानिय निकाय समाजमा कस्तो परेको छ लगायतको विषयमा समिक्षा गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन,आर्थिक वर्ष २०७८/०७९ बजेट तथा कार्यक्रम लगायत वार्षिक कार्ययोजनाको महत्वपुर्ण विषयमा छलफल गरेको छ । यता प्रदेशका तदर्थ समितिलाई इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी समेत बाँडफाड गरिएको छ ।
बैठकमा नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य तथा लुम्बिनी प्रदेश ईन्चाज शिब भण्डारीले भर्चुवल माध्यमबाट बैठकलाई सम्बोदन गदै विश्वकै सबैभन्दा बढी बालबालिका, युवायुवती संलग्न रहेको संस्था स्काउट भएको बताउदै समाज परिवर्तनमा स्काउटको महत्वपर्ण भुमिका रहेको बताउनु भयो । जति धेरै शिक्षकलाई स्काउट तालिम दिन सकिन्छ उति सङख्यमा स्काउट उत्पादन गर्न सकिने बताउदै हरेक विद्यालयमा स्काउट सञ्चालन गर्न आवश्यक रहेको भण्डारीले तर्क गर्नु भयो । स्थानिय निकायमा स्काउटको प्रशिक्षक उत्पादन गर्न आवश्यक रहेको उहाँले भनाई छ ।
लुम्बिनि प्रदेशका संयोजक दिनानार्थ भट्राईले स्काउट बोलेर भन्दा पनि काम गरेर देखाउने संस्था भएको हुदा जिल्लामा पाएको जिम्मेवारी पुरा गर्न तदर्थ समितिलाई आग्रह गर्नु भयो । अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेश सामाजिक क्रियाकलापले अब्बल सावित भएको बताउदै अब लुम्बिनी प्रदेशमा प्रदेश कार्यलय बनाउने गरि अगाडी बढ्ने उहाँको भनाई थियो ।बैठकमा सल्लाकार सुमन गोपाल आचार्य, कृष्ण खनाल वोल्नु भएको भयो । प्रदेश संयोजक दिनानाथ भट्राईको अध्यक्षमा भएको बैठकको सञ्चालन प्रदेश कार्यलयका अधिकृत तारा पुरिले गर्नु भएको प्रदेश सदस्य भगवती न्यौपानेले जानकारी दिनु भयो । बैठकमा प्रदेशका तदर्थ समितिका सदस्य, सल्लकार लगायतको उपस्थिति रहेको थियो । स्काउटले कोरोना सम्बन्धित सचेना कार्यक्रम गदै आएको छ ।

प्रकाशित : २२ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६