गुल्मी ११ फागुन । लुम्विनीमा निर्माण हुन लागेको अन्तराष्ट्रिय रंगशालाको काम रोकिएको छ । नेपालकै प्रथम शहिद लखन थापाको नामबाट गुल्मीको इश्मा गाउँपालिका ६ अंमरपूर बुल्म चौरमा निर्माण हुन लागेको अन्र्तरराष्ट्रिय फुटवल रङ्गशाला निर्माणको कार्य रोकिएको छ । रङ्गशाला निर्माणको काम मात्र रोकिएको छैन् निर्माण गरिएका संरचना भाँचिन थालेका छन् । रङ्गशाला निर्माणको काममा खटिएका मजदुरले समेत आफ्नो पारिश्रामिक पाएका छैनन् ।
नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदमार्फत अहिले रङ्गशालाको पहिलो चरणको काम सम्पन्न भएको थियो ।शहिद लखन थापा स्मृतीमा निर्माणधिन फुटवल रङ्गशालामा पर्खाल लगाउने, फुटबल ग्राउण्ड तयार गर्ने, दुवो रोप्ने काम भएको छ । निर्माण हुन लागेको रङ्गशालामा १५ हजार दर्शक अटाउने बताईएको छ ।
प्रतिक्रिया