अर्थ-वाणिज्य

बाणगंगा २ को उदाहरणीय कार्य , सुत्केरीलाई आहार



कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. २ ले सुत्केरी महिलालाई पौष्ट्रिक आहार प्रदान गरेको छ । वडाभित्र रहेका सुत्केरीलाई वडाले पौष्ट्रिक आहार प्रदान गरेको हो । वडा कार्यालयमा आज विहिबार  आयोजित कार्यक्रममा १५ जना सुत्केरी महिलालाई पौष्ट्रिक आहार स्वरुप एउटा लोकल भाले र १ के.जी. घिउ प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।

 कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगर प्रवक्ता समेत रहेका वडा नं.२ का वडाध्यक्ष विष्णु पौडेलले बालबालिका परिवार, समाज र राष्ट्रको भावि आधारस्तम्भ भएकाले उनीहरुको शारिरीक, मानसिक, सामाजिक विकासको लागी पौष्ट्रिक आहार आवश्यक पर्ने भएकाले वडाले पौष्ट्रिक आहार उपलब्ध गराएको बताउनुभयो

वडाध्यक्ष पौडेलले आगामी दिनमा पनि सुत्केरी आमा र शिशुको स्वास्थ्यलाई मध्येनजर गरि यस्ता कार्यक्रमलाई निरन्तरता दिदैं जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । हालसम्म वडाले ७१ जना सुत्केरी महिलालाई पौष्ट्रिक आहार प्रदान गरि रहेको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

वडाका सम्पुर्ण वडावासीले स्वस्थ्यपूर्ण जीवन यापन गर्न पाउनुपर्ने अधिकारलाई वडाले सधै उच्च प्राथमिकता दिएको वडा नंं।२ का वडा सचिव नरेन्द्र पोखरेलले बताउनुभयो ।

प्रकाशित : १२ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६