अर्थ-वाणिज्य

सैनामैना देशकै पहिलो कोभिड विरुद्ध पूर्ण खोपयुक्त स्थानीय तह घोषित



कपिलवस्तु १६ फागुन। १२ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको दुबै मात्रा खोप लगाएपछि रुपन्देहीको सैनामैना नगरपालिका पूर्ण खोप सुनिश्चितता भएको स्थानीय तह बनेको छ । १२ वर्षमाथिका ७१ हजार ५१० जनसंख्या रहेको नगरपालिकामा १२ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको दुबै मात्रा खोप लगाएका नगरपालिकाको दावी छ ।
नगरभित्रका ६७ हजार ५९७ जनाले पूर्ण खोप लगाएपछि सर्वेक्षण गर्दा तीन हजार ९१३ जना छुटेको पाइएपछि उनीहरुलाई खोप दिएपछि कोरोनाविरुद्धको पूर्ण खोपयुक्त स्थानीय तह बनेको नगरपालिकाको भनाइ छ । नगरपालिकाले अशक्त नागरिकलाई टोल टोलमा पुगेर खोप लगाइदिएको थियो । स्वास्थ्य कार्यालय रुपन्देही, विश्व स्वास्थ्य संगठनलगायतका संस्थाले तीन वटा वडामा नमुना सर्वेक्षण गर्दा ९५ प्रतिशत भन्दा धेरै नागरिकले पूर्ण खोप लगाएको पाइएपछि १५ फागुनमा नगरपालिकाकाका ११ वटा वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको थियो ।
जिल्ला खोप समन्वय समितिले सोमबार मात्रै नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरको प्रमाणपत्र दिएको छ । सोमबार नगरपालिकामा आयोजित समारोहमा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले जिल्ला खोप समन्वय समिति रुपन्देहीले प्रदान गरेको प्रमाणपत्र नगरप्रमुख चित्रबहादुर कार्कीलाई हस्तान्तरण गरे । कार्यक्रमलाई सम्बोधन गर्दैृ प्रमुख अतिथि भट्राईले सैनामैनाले देशैमा उद्धाहरणीय काम गरेको बताउनुभयो । पालिकाको सक्रियताले गर्दा जिल्लामै नमुना काम गरेको भन्दै बिकास निर्माणका कामहरुलाई पनि यसैगरि उद्धाहरणीय काम हुने गरि अघि बढाउन सुझाब दिनुभयो ।
सो अवसरमा नगरप्रमुख कार्कीले नेपाल सरकारको पूर्ण खोपको कार्यविधिमा रहेर काम गरेपछि देशभरकै पालिकामध्ये पहिलो पूर्ण खोप सुनिश्चित पालिका बनेको बताए । कोभिड—१९ विरुद्धको खोप लगाउन पाउनु नागरिकको अधिकार भएको सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो ।नगरपालिकाले अशक्त नागरिकलाई टोल टोलमा पुगेर खोप लगाइदिएको थियो । स्वास्थ्य कार्यालय रुपन्देहीको नेतृत्वमा विश्व स्वास्थ्य संगठन, स्वास्थ्यका लागि सक्षम प्रणाली, रेडक्रस सोसाइटीको सहभागितामा ३ वटा वडाका नगरपालिकाले फागुन १२ देखि १४ सम्म ३ वटा वडाका १ सय ८० घरधुरीमा नमुना सर्वेक्षण गरी ९५ प्रतिशत भन्दा धेरै नागरिकले पूर्ण खोप पाएको सुनिश्चित गरेपछि १५ गते नगरपालिकाका ११ वटै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरेको थियो ।

प्रकाशित : १६ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६