जीवनशैली

वीरेन्द्रनगरको निषेधाज्ञा आज बिहानदेखि हटयो



सुर्खेत १९ फागुन – सुर्खेतको वीरेन्द्रनगरमा लागेको निषेधाज्ञा हटेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा आज बिहान ६ बजेदेखि हटाएको जनाएको छ ।

निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बन्न थालेको छ । गएको मङ्गलवार बेलुकी ७ बजेदेखि वीरेन्द्रनगरका मङ्गलगढी चोक, एरिचोक, हटिया चोक, हटिया लाइन क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । वीरेन्द्रनगरमा लगाइएको कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको थियो ।

गएको सोमवार एमसीसीको विरोधमा विभिन्न पार्टीले आह्वान गरेको बन्दका क्रममा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गएपछि त्यही दिन राति सवा ८ बजेदेखि मङ्गलवार बेलुकी ७ बजेसम्म कर्फ्यु लगाइएको थियो ।

कर्फ्यु हटाएर सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । शान्ति, सुरक्षाको स्थिति सामान्य अवस्थामा आएकाले निषेधाज्ञा पनि हटाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित : १९ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६