जीवनशैली

करेन्ट लागेर १ बालक गम्भीर घाइते



अर्घाखाँची २० फागुन -शितगंगा नगरपालिका वडा नम्बर ४ मा भुइमा रहेको तारले करेन्ट लाग्दा १ जना बालक गम्भीर घाइते भएका छन । बाटोको छेउमै पोलबाट भुइमा आएको तार महिनौ सम्म प्राधिकरणले ब्यवस्थापन नगर्दा वडा नम्बर ४ निवासी १२ बर्षिय सन्दिप सुनार गम्भीर घाइते भएका छन ।

इ.प्र.का ठाडाका अनुसार घडेरी खन्नेक्रममा पोलको स्टे तार निकालर ब्यवस्थापन नगरी छाड्दा तार सट भएर करेन्ट प्रवाह भएकोले करेन्ट लागेको हुन सक्ने प्रहरी निरिक्षक सन्दिप बेल्बासेले जानकारी दिनु भयो । बेल्बासेले बिद्युत प्राधिकरण र घडेरी खन्नेको लापरबाहीका कारण करेन्ट लागेको बताउनु भयो । घाइते बालकको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

प्रकाशित : २० फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६