अन्तर्राष्ट्रिय

चीनले ७.१ प्रतिशतले बढायो रक्षा बजेट



काठमाडौं २१ फागुन । चीनले सन् २०२२ को रक्षा बजेट करिब ७ प्रतिशतले बढाएको छ । समाचार एजेन्सीले एएफपीले सरकारी बजेट रिपोर्टलाई उद्धृत गर्दै चीनले ७.१ प्रतिशत रक्षा बजेट बढाएको उल्लेख गरेको छ ।

समाचार अनुसार एक सरकारी बजेट रिपोर्टबाट चीन सरकारले २३० अर्ब डलर राष्ट्रिय सुरक्षाका लागि छुट्टाएको छ । यसअघि सन् २०२१ मा चीनले २०९ अर्ब डलरको रक्षा बजेट पेश गरेको थियो ।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सले रक्षा बजेट वृद्धिको कारणमा सकारात्मक आर्थिक विकास र सुरक्षा खतरा भनेको छ ।

चीनका सैन्य विशेषज्ञ फु कियानशाओले ग्लोबल टाइम्ससँग कुरा गर्दै रक्षा खर्च राष्ट्रिय अर्थव्यवस्थाको विकाससँग नजिकबाट जोडिने भएकाले सैन्य खर्च वृद्धिलाई स्वाभाविक भनेका छन् ।

चीनले हरेक वर्ष रक्षा बजेट बढाउँदै आए पनि यस पटक रुसको आक्रामकतासँग जोडेर हेरिएको छ । जर्मनीले पनि हालै रक्षा बजेट बढाएको थियो ।

सबैभन्दा धेरै रक्षा बजेट छुट्याउने देशहरुको सूचीमा अमेरिका पहिलो स्थानमा छ । चीन दोस्रो, भारत तेस्रो र रुस चौथो स्थानमा छन् ।

प्रकाशित : २१ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६