जीवनशैली

यस्तो छ आजको मौसम



काठमाडौं ३० फागुन ।

हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम सामान्यतया सफा रहेको छ। सोमबार देशका पहाडी भू भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मंगलबार भने देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू भागमा मौसम सामान्यतया सफा रहने छ। यता बुधबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपराह्नतिर मेघ गर्जन्चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : ३० फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६