कपिलवस्तु ८ मंसिर
लुम्बिनी प्रदेशमा दुई सहित देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने १४९ जना घाइते भएका छन्। दुर्घटनामा लुम्बिनी प्रदेशमा मात्रै दुई जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएका छन्। प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार रुपन्देहीको देवदह नगरपालिका–१०, चरङ्गेस्थित शान्तिपथको भित्री सडकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ४० वर्षीय सुरज रानाको मृत्यु भएको छ। घाइते रानाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो।त्यस्तै, बर्दियाको बाँसगढी नगरपालिका–५, विद्युत् चोकस्थित महेन्द्र राजमार्गमा मिनी ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। अन्दाजी २८ देखि ३० वर्षका ती पुरुषलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।देशभरका घाइतेमध्ये मधेस प्रदेशमा सबैभन्दा बढी ५२ जना छन्। कोसीमा ३२, काठमाडौं उपत्यकामा ११, गण्डकीमा सात, सुदूरपश्चिममा छ, कर्णालीमा पाँच र बागमतीका उपत्यकाबाहिरका जिल्लामा चार जना घाइते भएका छन्।प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि तीव्र गति नियन्त्रण गर्न, ट्राफिक नियम पालना गर्न र सडकमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । श्रोत बुद्ध दर्पण राष्ट्रिय दैनिक









प्रतिक्रिया