प्रदेश

स्थानीय चुनाव बहिष्कार गर्ने क्रान्तिकारी माओवादीको निर्णय



काठमाडौं १ चैत / नेकपा क्रान्तिकारी माओवादीले आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ।

फागुन २५ देखि २९ गतेसम्म बसेको पार्टी केन्द्रीय समितिको बैठकले चुनाव बहिस्कार गर्ने निर्णय गरेको हो। बैठकमा महासचिव मोहन वैद्य ‘किरणले पेस गरेको ‘वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार’ शीर्षकमा राजनीतिक प्रस्ताव बैठकले पारित गरेको छ।

प्रस्तावमा स्थानीय निर्वाचन बहिष्कार गर्ने नीति अवलम्बन गरिएको उल्लेख छ। प्रतिक्रियावादीहरुले साधन स्रोतको दुरुपयोग गरेर शक्ति प्रदर्शन गर्ने चुनावमा आफूहरू सहभागी नहुने विज्ञप्तिमा भनिएको छ। स्वच्छ तथा निष्पक्ष निर्वाचनको सम्भावना नरहेको समेत उल्लेख छ।

‘निर्वाचन उपयोगको प्रश्न हरेक दृष्टिले सार्थक बन्ने सम्भावना नरहेको र पार्टीको क्रान्तिकारी छवि उपयोग होइन बहिष्कारद्वारा नै समुज्ज्वल हुने देखिएकोले स्थानीय निर्वाचनको बहिष्कार गर्ने नीति अवलम्बन गरिएको कुरा उल्लेख गरिएको छ,’ बैठकपछि वैद्यले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बहिष्कार आन्दोलनलाई दुई महिने अभियान बनाई सञ्चालन गर्ने निर्णय समेत लिइएको छ।’

बैठकले एमसीसीको विरोध गर्दै यसविरुद्ध सशक्त विरोध तथा भण्डाफोरसहित राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकताको पक्ष र सम्झौताको खारेजीका लागि संघर्षलाई निरन्तर अगाडि बढाउने निर्णय पनि गरेको छ।

बैठकले पार्टी एकताबाट आएका केही नेताहरूलाई केन्द्रीय समितिमा समावेश गर्ने निर्णय पनि लिएको छ।

प्रकाशित : १ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६