बुटवल ८ मंसिर
बुटवलमा शुरु अन्तर्राष्ट्रिय बौद्ध शान्ति सम्मेलनमा ५० कार्यपत्र प्रस्तुत हुदैछन मंगलबार देखि दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको हो। लुम्बिनी बौद्ध विश्वविद्यालय सीटी क्याम्पस बुटवल र भारतको उत्तर प्रदेशस्थित मथुरा प्रसाद महाविद्यालय ९कोंच० को संयुक्त आयोजनामा ‘बुद्ध र अहिंसाः विश्वशान्ति, करुणा र सामाजिक रूपान्तरणका ऐतिहासिक तथा समसामयिक आयाम’ विषयक सम्मेलन सुरु भएको हो ।सीटी क्याम्पसको सभाहलमा सम्मेलनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले हिंसा र द्वन्द्वको प्रभाव नेपालमा पनि परिरहेको बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपति डा। माणिकरत्न शाक्यले बुद्धका शिक्षा विश्वभर फैलाउन सम्मेलन महत्त्वपूर्ण हुने बताउनुभयो भने सह–प्राध्यापक डा। तिलकराम आचार्यले शान्तिको सन्देश प्रवाहमा विश्वविद्यालयको भूमिकाबारे चर्चा गर्नुभयो । सहायक क्याम्पस प्रमुख जेबी क्षेत्रीका अनुसार सेमिनारमा ५० वटा कार्यपत्र प्रस्तुत हुनेछन् र यस्ता सेमिनार बुटवलमा निरन्तर हुनेछन् । उद्घाटन सत्रमा सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो । श्रोत बुद्ध दर्पण राष्ट्रिय दैनिक









प्रतिक्रिया