अर्थ-वाणिज्य

कपिलवस्तु महोत्सवको डान्स आइडल अडिसनमा ५० बढी सहभागी



शोभा भुसाल , कपिलवस्तु ८ मंसिर

बुद्ध रङ्गशालामा आगामी मंसिर १७ देखि २९ गतेसम्म सञ्चालन हुने १७औँ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८३ को तयारी तीव्र पारिएको छ। महोत्सवलाई थप व्यवस्थित, आकर्षक र प्रभावकारी बनाउन आयोजकले महोत्सव स्थलको क्षेत्र विस्तार गरेको छ। महोत्सव स्थलको क्षेत्र विस्तार गरिएसँगै स्टल व्यवस्थापन गर्न सहज हुने र व्यवसायीहरूलाई व्यापारिक गतिविधि सञ्चालन गर्न थप सुविधा पुग्ने अपेक्षा गरिएको छ। महोत्सव स्थलको व्यवस्थापन, खानेपानी तथा सरसफाइ लगायतका आवश्यक पूर्वाधार निर्माणमा समेत आयोजकले विशेष ध्यान दिएको छ।खानेपानी तथा सरसफाइ संयोजक खिलप्रसाद शर्माका अनुसार महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक तयारी भइरहेको छ। यसैबीच, महोत्सवको प्रमुख आकर्षणका रूपमा रहने १५औँ कपिलवस्तु डान्स आइडल तथा दोस्रो मम्मी डान्स आइडलको दोस्रो अडिसन राउण्ड सुरु भएको छ । मंसिर ८ गतेदेखि सुरु भएको अडिसनमा सहभागीहरूको उत्साहजनक उपस्थिति देखिएको छ । हालसम्म ५० जनाभन्दा बढीले अडिसन दिइसकेको आयोजकले जनाएको छ ।महोत्सवलाई व्यापारिक तथा औद्योगिक गतिविधिमा मात्र सीमित नराखी मनोरञ्जन, कला, संस्कृति र प्रतिभा प्रस्फुटनको साझा मञ्चका रूपमा विकास गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको छ ।कृषि, पर्यटन, उद्योग, व्यापार, कला र संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्यसहित आयोजना हुन लागेको महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, आर्थिक गतिविधिको विस्तार तथा स्थानीय प्रतिभाको उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । श्रोत बुद्ध दर्पण राष्ट्रिय दैनिक

प्रकाशित : १० मंसिर २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६