जीवनशैली

पल शाहलाई फेरि लगियो गैंडाकोट, सकियो अनुसन्धान अब के हुन्छ निर्णय ?



काठमाडौं १ चैत : पूर्ण विक्रम शाह उर्फ पल शाहलाई बलात्कार सम्बन्धि अनुसन्धान सकाएर पूर्वी नवलपरासीको गैंडाकोटबाट तनहुँको दमौली लगिएको छ।

फागुन २४ गते तनहुँ जिल्ला प्रहरी कार्यालयबाट इलाका प्रहरी कार्यालय गैंडाकोटमा अनुसन्धानका लागि उनलाई लगिएको थियो। सात दिन हिरासतमा राखेर सरकारी वकिल कार्यालयमा बयान तथा अन्य अनुसन्धान गरिएको थियो। आज दिउँसो शाहलाई प्रहरी सुरक्षाका बिच गैंडाकोटबाट तनहुँ लगेको इलाका प्रहरी कार्यालय गैंडाकोटका निमित्त इन्जार्ज सई शान्ता पण्डितले जानकारी दिइन्।

‘यहाँको अनुसन्धान सकिएको छ। एक घण्टाअघि मात्र तनहुँ लगिएको हो,’ सई पण्डितले भनिन्।

जिल्ला प्रहरी कार्यालय तनहुँले पल शाहलाई अनुसन्धानका लागि हिरासतमा राख्‍न थप १२ दिन अनुमति पाएको छ। २०७७ चैत ७ गते शाहले सुटिङको क्रममा गैडाकोट रिसोर्टमा जबर्जस्ती करणी गरेको उजुरी परेको थियो। तनहुँमा उजुरी गर्ने र गैडाकोटमा उजुरी गर्ने पीडित किशोरी एकै हुन्।

यस केसमा पीडितसँग नवलपरासी प्रहरीले बयान लिइसकेको छैन। बयानका आधारमा अरु अनुसन्धान अगाडि बढ्नेछ। एउटै प्रकृतिको घटना, पीडित र पीडक एकै भएकाले के गर्ने भन्ने विषयमा विषयमा प्रहरीले राय लिएको थियो।

जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको उजुरीमा जस्तै गैडाकोटमा परेको उजुरीमा पनि १८ वर्ष नपुगेकी बालिकालाई प्रेम जालमा पारेर करणी गरेको उल्लेख छ। नेपालको कानुनमा १८ वर्ष नपुगी सहमतिमा पनि यौन सम्बन्ध राख्‍नु अपराध हो। शाहले अपराध गरेको पुष्टि भएमा १० देखि १२ वर्षसम्म सजाय हुने व्यवस्था छ।

अब तनहुँ प्रहरीले अनुसन्धान आवश्यक देखिए समय थप गरेर अनुसन्धान गर्ने छ। अनुसन्धान पूरा भएको भए सरकारी वकिल कार्यलयमा राय सहितको अनुसन्धान प्रतिवेदन बुझाउने छ। त्यसपछि अदालतमा सरकारी वकिल कार्यलयलले मुद्दा दर्ता गरेपछि बहस सुरु हुनेछ। त्यसपछि मात्र शाहविरुद्धको मुद्दा प्रकृया अगाडि बढ्छ। र, त्यसैले निर्धारण गर्नेछ – फिल्मका अभिनेताबाट अभियुक्त भएका पल शाह अपराधी हुन्छन् या निर्दोष भन्ने।

प्रकाशित : १ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६