जीवनशैली

पेशागत तालिमसंगै बाख्रा पाएपछि महिलाहरु खुशी




भगवती न्यौपाने
कपिलवस्तु २ चैत्र।वाणगंगा नगरपालिका पशु शाखा प्रमुख राजकुमार तिवारीले महिलालाई व्यवसायिक बनाउँदै आर्थिक रुपमा सक्षम बनाउन बाख्रा पालनले ठुलो सहयोग पुग्ने बताउनुभयो । २ दिने बाख्रा पालन सम्बन्धि तालिम तथा बाख्रा वितरण कार्यक्रमको समापन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।साथै उहाँले २ दिनको प्रशिक्षणबाट बाख्राका जात, व्यवस्थापन लगायत बाख्रामा लाग्ने रोग र उपचारको बारेमा पनि जानकारी दिनुभयो । मानव अधिकारका लागि महिला एकल महिलाको आयोजना र बाणगंगा नगरपालीकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा भएको कार्यक्रममा वडा सदस्य इन्द्रिरा पन्थ ,सञ्चारीका समुह लुम्विनि प्रदेश अध्यक्ष पार्वती पाण्डे लगायतले बोल्दै बाख्रा वितरणले महिललाको आयआर्जनमा ठुलो टेवा पुग्ने बताउनु भयो ।


सिद्धार्थ बचल तथा क्रृण सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी पन्थ अधिकारी, मानव अधिकार एकल महिला उपाध्यक्ष टिका अधिकारी, महिला तथा बालबालिका शाखा प्रमुख सुशिला पन्थ, सिद्र्धाथ सामाजिक विकास केन्दका उपाध्यक्ष त्रिलोचन घिमिरे, सिद्धार्थ बचत तथा क्रृण सहकारी संस्थाका व्यवस्थापक हरिलाल घिमिरे लगायतको उपस्थित रहेको थियो ।
मानव अधिकारका लागि महिला एकल महिलाका अध्यक्ष रुपा राईको अध्यक्ष सहसचिव शोभा आर्चार्यको सञ्चालनमा भएको कार्यक्रममा विमा प्राविधिक युवराज घिमिरेले विमा सम्बन्धि जानकारी गराउनु भएको थियो । नगरका १५ जना एकल महिलालाई एक एक वटा बाख्रा वितरण गरिएको थियो । तालिममा सहभागी सरस्वती देवि पौडेलले बोल्दै यस्तो तालिमले बाख्रा पालन व्यवसाय गर्न सहयोग मिल्ने बताउनु भयो ।

प्रकाशित : २ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६