खेलकुद

विश्वकप लिग टूः पपुवा न्युगिनीमाथि नेपालको जित



काठमाडौ
२ चैत/ यूएईमा जारी विश्वकप क्रिकेट लिग २ अन्तर्गत बुधबार भएको खेलमा नेपालले पपुपा न्युगिनी (पीएनजी) माथि संघर्षपूर्ण जित हात पारेको छ । करण केसीले अन्तिम ओभरमा चौका र छक्का प्रहार गरेपछि विश्वकप लिग टू अन्तर्गत पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको छ ।

युएईको सारजाहँ रंगशालामा पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाएर भेट्टाएको हो । कमजोर सुरुआत गरे पनि रोहित पौडेल र आरिफ शेखले पाँचौं विकेटका लागि १ सय २ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालको जित सहज भएको हो ।

१५ ओभरभित्रै ४ विकेट गुमाएर संकटमा परेको नेपालको पारी उकास्न रोहित र आरिफले अर्धशतकीय योगदान गरे । म्यान अफ द म्याचसमेत बनेका रोहितले ५८ र आरिफले ५३ रन जोडेका हुन् । एकदिवशीय अन्तर्राष्ट्रियमा रोहितको यो चौथो र आरिफको पहिलो अर्धशतक हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ४ रनको योगफल खडा गरेको थियो । पीएनजीका चाल्र्स अमिनीले ५९ रन बनाएका थिए । बलिङमा सोमपाल कामीले ३ विकेट लिँदा कप्तान सन्दीप लामिछाने, पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र आरिफ शेखले १–१ विकेट लिए ।

प्रकाशित : २ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६