काठमाण्डौ, २८ जेठ । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ७ मा रहेको विद्युत् प्रसारण लाइनको तारमा एक जना मानिस हिँडिरहेकोले ६० मेगावाट क्षमताको त्रिशूली थ्री ए जलविद्युत् आयोजनाबाट उत्पादन बन्द भएको छ ।
बिहान १० बजेदेखि प्रहरी र स्थानीयवासीले तल झर्न अनुरोध गर्दा पनि प्रसारण लाइनको तारमा पुगेका मानिस तल झरेका छैनन् । ती व्यक्तिलाई तल झर्न अनुरोध गर्नेभन्दा बाहेक आफूहरुसँग अरु उपाय नभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
आफूहरुसँग तारमा रहेको मानिसलाई तल झार्ने प्रविधि नरहेको र पोलमा चढेर ती व्यक्तिलाई पक्राउ गर्न सक्ने तालिम प्राप्त जनशक्ति पनि नभएकोले अहिले पर्खेर बस्नुको विकल्प नभएको प्रहरीले जनाएको छ ।
प्रसारण लाइनमा चढेका व्यक्तिलाई झार्न विद्युत् प्राधिकरणले केही उपाय गरेमात्रै नत्र ती व्यक्ति आफैँ तल नझरुञ्जेल अरु उपाय नभएकोले ती व्यक्तिलाई अनुरोध मात्रै गरिरहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया