प्रदेश

स्थानिय चुनावको परिणामलाई हार जितको मुद्दा नबनाउन प्रचण्डको आग्रह



काठमाण्डौ, २८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पालिका चुनावको परिणामलाई हार जितको मुद्दा नबनाउन आग्रह गर्नुभएको छ ।

माओवादी केन्द्रबाट चुनावमा निर्वाचित गण्डकी प्रदेशका जनप्रतिनिधिहरुको प्रशिक्षण उद्घाटन कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले चुनावी परिणामलाई हारजितको रुपमा नलिन आग्रह गर्दै पार्टीको सिद्धान्त र नागरिकको दैनिकी सहज हुनेगरी काम गर्न निर्देशन दिनुभयो ।

अघिल्लो पालिका चुनावबाट निर्वाचितहरुलाई आफ्नो तरिकाबाट चल्न दिइए पनि अब भने पार्टीको नीति, सिद्धान्त एवम् जनअपेक्षा अनुरुप चल्नका लागि प्रशिक्षण दिइएको उहाँले बताउनुभयो। जनयुद्धबाट हासिल उपलब्धि समाप्त पार्ने षड्यन्त्र बरोबर भइरहेको उल्लेख गर्दै सङ्घीयता, गणतन्त्र र नेपालको संविधान रक्षाका लागि सधैँ सचेत हुनुपर्ने प्रचण्डको भनाइ छ ।

विगतमा केपी शर्मा ओलीले संसद् नै विघटन गरेर उपलब्धि समाप्त पार्न खोेजेको आरोप लगाउँदै प्रचण्डले अहिलेको चुनावसहित सङ्घीय र प्रदेश तहको चुनावमा समेत गठबन्धन गरेरै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले पालिका चुनावको परिणामले गठबन्धनलाई अझै बलियो बनाएर लैजानु पर्ने सन्देश दिएको बताउनुभयो ।

प्रकाशित : २८ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६