प्रदेश

बाणगंगामा कल्पवृक्ष सत्संग स्टुडियोको शुभारम्भ, दैनिक योग सञ्चालन हुने



कपिलवस्तु, ०८ असार ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ स्थित पिपरामा कल्पवृक्ष सत्संग स्टुडियोको शुभारम्भ भएको छ ।
पूर्वीय सभ्यताको वैज्ञानिक व्याख्या गर्दै मानिसहरुलाई सुसूचित गर्ने उद्धेश्यका साथ यस क्षेत्रका योगाचार्य कमल पौडेल र शिक्षक नवराज घिमिरे लगायतको लगानीमा सत्संग स्टुडियोको शुभारम्भ गरिएको हो ।
मंगलबार अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर स्वामी लोकानन्द महाराज र बाणगंगा नगरपालिकाकी उप(प्रमुख रिता थारुले सत्संग स्टुडियोको शुभारम्भ गर्नुभएको थियो ।

लामो समय देखि योगका विषयमा अध्ययन, अनुसन्धान गर्दै आउनुभएका योगाचार्य पौडेलले यस क्षेत्रमा योगलाई अगाडी बढाउने गरि कार्यको थालनी गर्नुभएको हो ।

योग गरौं, निरोगी बनौं भन्ने मान्यता बमोजिम कल्पवृक्ष स्टुडियोमा अब देखि दैनिक योग सञ्चालन हुने छ । योगसंगै धार्मिक क्रियाकलाप, धार्मिक गीत संगीतबाट आम जनतालाई सेवा दिने लगानीकर्ताको भनाई छ ।

कल्पवृक्ष सत्संग स्टुडियोमा दैनिक योग तथा ध्यानका कक्षा, शिक्षकलाई प्रभावशाली शिक्षण विधि, विद्यार्थीहरुका लागि स्मरण क्षमता अभिवृद्धि, संघ संस्थामा क्रियाशिल कर्मचारीहरुका वर्कप्लेस वेलनेस ट्रेनिङ, योगाचार्यका लागि प्रशिक्षण लगायत हुने योगाचार्य पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार बुटवल बाहेक अन्य क्षेत्रमा यस्तो प्रकारको स्टुडियो छैन् । अत्यात्म सम्बन्धि सत्संगको कमी भएकाले त्यसलाई परिपूर्ती गरिने उहाँले बताउनुभयो ।

प्रकाशित : ८ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६