प्रदेश

तौलिहवाको गौढी चोकदेखि भवानी भिक्षु चोकसम्मका डिभाइडर हटाईयो




कपिलवस्तु, ०९ असार । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल एक्सनमा उत्रिएका छन् । दुर्घटना बढेको भन्दै मेयर पौडेलले तौलिहवाको गौढी चोकदेखि भवानी भिक्षु चोकसम्म रहेको डिभाइडर र सोलार बत्तीको पोल हटाउन निर्देशन दिएका थिए ।

निर्देशन दिएको ४८ घण्टामा नै डिभाजर हटेका छन् भने सोलार बत्तीको पोल हट्ने काम भईरहेको छ । मेयर पौडेलले कपिलवस्तुको जिल्ला सदरमुकाम रहेको तौलिहवालाई सुन्दर बनाउन बनाउने अभियानमा आफुहरु लागेको बताउँदै यस्ता कामलाई अघि बढाउने बताएका छन् ।

गत असार ५ गते गौढी चोकमा बाटो साँघुरो हुँदा टिप्परको ठक्करबाट भिक्षु चोकका एक जना साइकलयात्रीको मृत्यु भएको थियो। सो घटनालगत्तै स्थानीयवासी आक्रोशित बनेपछि मेयर पौडेल, प्रजिअ धर्मेन्द्र मिश्रा, प्रहरी उपरीक्षक दानबहादुर कार्की सडक पूर्वाधार कार्यालय शिवपुरका प्रमुख बिष्णु लामासहितको टोलीले सोमबार स्थलगत अनुगमन गरेको थियो । सोही क्रममा मेयर पौडेलले बाटोको बीचमा रहेको डिभाइडर र सोलार बत्ती हटाउन निर्देशन दिएका थिए।

प्रकाशित : ९ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६