प्रदेश

खानेपानी र सरसफाईका विषयमा पत्रकार एव सरोकारवालाहरुबिच अन्तरक्रिया




।।
भगवती न्यौपाने कपिलवस्तु
असार ९ ।
जीवनरक्षा र विकासका लागि सफा खानेपानी, आधारभूत शौचालय तथा उपयुक्त सरसफाइ अत्यन्तै महत्वपुर्ण भएको पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्रलाय लुम्बिनी प्रदेशका खानेपानी तथा सरसफाई महाशाखा प्रमुख धुव्र धितालले बताउनु भयो । पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्रलाय लुम्बिनी प्रदेशको आयोजना र सञ्चारीका समुह नेपाल लुम्बिनी प्रदशेको समन्वयमा खानेपानी र सरसफाईका विषयमा पत्रकार एव सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्दै उहाँले यस्तो बताउनु भयो ।
उहाँले स्वच्छ खानेपानी र सरसफाईको उपलब्धता र दिगो विकासमा प्रदेश सरकारको भुकिका, दिगो विकास गर्न के गर्नु पर्छ, खानेपानी तथा सरसफाईमा प्रदेश सरकारको काम के हो ? मावन अधिकारको रुपमा सरसफाई, लगायतको बारेमा सहजिकरण गर्नुभएको थियो ।
साथै उहाँले प्रदेश सरकारको कार्य विभाजन खानेपानीमा र सरसफाईमा केछ लगायतका महत्वपुर्ण विषय बस्तुमा सहजीकरण गर्नु भएको थियो । यता सन २०३० सम्ममा समता मुलक रुपमा शुद्ध सुरक्षित खानेपानी घर घरमा पुयाउने नेपाल सरकारको को योजना समेत रहेको उहाले जनाउनु भएको थियो ।
लुम्बिनी प्रदेश सञ्चारीका समुहका अध्यक्ष अमृता अन्मोलले पत्रकारले खानेपानी तथा सरसफाईका विषयमा उठान गर्न सक्ने विषयबस्तुको बारेमा जानकारी दिनुभएको थियो ।

सञ्चारीक लुम्बिनी प्रदेश पुर्व अध्यक्ष पार्वती पाण्डेले कार्यक्रममा बोल्दै कपिलवस्तुमा हिजोको तुलनामा महिला पत्रकारको सङख्या बढेता पनि गुणत्मक रुपमा परिणा आउन नसकेको बताउनु भयो । आफु सक्षम भए असल पत्रकारको खोजी जाहाँ पनि भएको बताउनु भयो ।
पत्रकार महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष किरणमान बज्रचार्यले कपिलवस्तु जिल्ला खुल्ला दिशा मुक्त भनिएता पनि पुर्णरुपमा मुक्त हुन नसकेको बताउनु भयो ।
कपिलवस्तु पत्रकार महासंघ जिल्ला उपाध्यक्ष हरि अधिकारी , स्वता गिरीले महिलाहरुको क्षमता अभिबृद्धि कार्यक्रम ल्याउनु पर्ने बताउदै महिला पत्रकारलाई टिकाई राख्ने योजना ल्याउनु पर्ने बताउनु भयो । साथै सञ्चारीकाले गरेका हरेक कार्यक्रमको प्रशंसा समेत गर्नु भयो ।
हिमालय पिस रिसोडमा भएको कार्यक्रममा प्रेस चौतारीका बाबुराम रायमाजी, प्रेस युनियन कोषध्यक्ष गुरुदेव पौडेल, प्रेस सेन्टर कोषाध्यक्ष हरि घिमिरे लगायतले पुरुषको तुलनामा कपिलवस्तुमा महिलाहरु सक्षम भएपनि प्राथमिकको हिसाबले भने पछाडी परेको बताउनु भयो ।
सञ्चारीका समुह नेपाल लुम्बिनी प्रदेश सचिव माया केशीको सञ्चालनमा भएको कार्यक्रममा ,लुम्बिनी प्रदशे कोषाध्यक्ष उषा किरण पन्थ, सदस्य सरिता थारु, पत्रकार महासघं जिल्ला कार्यसमिती सदस्य नारद कोहार लगायत महिलाका पत्रकारहरुको सहभागिता रहेको थियो ।
यता प्रदेश सरसकारमा कृषि कार्यक्रम र प्रभावकारीता बारेमा पत्रकार संग अन्तरगोष्ठी कार्यक्रम पनि भएको छ । बाली विकास अधिकृत कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था शालिकराम गौतमले सहजीकरण गर्दै कृषि संग महिलाहरु प्रत्यक्ष जोडिएकाले महिला पत्रकारहरुले कृषिको क्षेत्रमा कलम चलाउनुपर्ने बताउनुभयो ।
कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना र सञ्चारीका समुह नेपाल लुम्बिनी प्रदशेको समन्वयमा भएको कार्यक्रममा उहाँले कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयले कृषिसंग उत्पादित बस्तुहरुको आयात प्रतिस्थापनका निम्ती प्रदेशको १२ वटै जिल्लाहरुमा संचालन गर्न सकिने विषेश कार्यक्रमहरुको बारेमा जानकारी दिनुभएको थियो ।
उहाले लुम्बिनीमा १९ वटा बालीमा फोकस गरि कार्यक्रम तथा योजना संचालन भईरहेको बताउनुभएको थियो ।
अन्तरक्रियामा पत्रकार महासघं कपिलबस्तु जिल्ला शाखा महिला उपाध्यक्ष स्वेता गिरी, संचारिका समुह लुम्बिनी प्रदेश पुर्व अध्यक्ष पार्वती पाण्डे, अध्यक्ष अमृता अनमोल लगाएत कपिलबस्तु जिल्लाका सक्रिय महिला संचारकर्मीहरुको उपस्थीती रहेको थियो ।

प्रकाशित : ९ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६