प्रदेश

आगामि आ.व.का लागि बाणगंगाको करिब डेढ अरब बजेट प्रस्तुत, कहाँ कति ? (पुर्णपाठ)



कपिलवस्तु, १० असार ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामी आव ०७९/०८० का लागि १ अरब ४९ करोड १७ लाख ८९ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । शुक्रवार बाणगंगा एकको मायादेवि रिर्सोटमा भएको ११ औं नगरसभामा बाणगंगा नगरपालिकाकी उप प्रमुख रिता कुमारी चौधरीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा संघ र प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरणमा रु. २२ करोड ६४ लाख ४२ हजार, सशर्त अनुदानमा रु.४६ करोड १८ लाख, राजस्व बाँडफाँडमा रु. २० करोड ५० लाख, ४७ हजार, समपुरक अनुदानमा रु. २ करोड ४० लाख, लअनुदानमा रु. २ करोड ९० लाख, आन्तरिक आयमा रु. १ करोड ७५ लाख, लागत सहभागिता र मौज्दात रकम रु. ४ करोड गरी जम्मा रु.१ अर्ब ४९ करोड १७ लाख ८९ हजारको बजेट बनेको हो । त्यस्तै सामाजिक सुरक्षा कार्यक्रमका लागि रु ३५ करोड, नगरपालिका र अन्तरगत कार्यालयमा कार्यरत कर्मचारीहरुको तलब भत्ता तथा नियमित कार्यक्रम लगायत अन्य प्रशासनिक कार्यका लागि रु १६ करोड १२ लाख रकम विनियोजन गरिएको छ । क्षेत्रगत बजेट विनियोजन अनुसार आर्थिक विकास तर्फका कार्यक्रमका लागि रु. ७ करोड ७९ लाख, सामाजिक विकास तर्फ रु. ७८ करोड ९२ लाख ६५ हजार, भौतिक पूर्वाधार तर्फ रु. ४४ करोड १४ लाख २४ हजार, वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ रू. ९२ लाख, सुशासन तथा संस्थागत विकास तर्फ रू. १७ करोड ४० लाख बजेट विनियोजन भएको छ ।

उप–प्रमुख चौधरीद्धारा प्रस्तुत बजेटमा आर्थिक, सामाजिक, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, शुसासन तथा संस्थागत विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याईएको छ । यो बजेट अघिल्लो आर्थिक बर्षको तुलनामा २२ करोडले बढी रहेको छ । बजेट सार्वजनिक कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, बिभिन्न संघ संस्थाका प्रमुख तथा पत्रकारको सहभागिता रहेको थियो ।
हेर्नुहोस पुर्ण विवरणः

प्रकाशित : १० असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६